८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व संकलन

अ+ अ-

 झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा रु. १२ अर्ब ९४ करोड २० लाख ६० हजार राजस्व संकलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हो ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागांईका अनुसार चालु आवको वैशाख महिनासम्म रु. १४ अर्ब १४ करोड ४२ लाख २० हजार राजस्व संकलनको लक्ष्य रहेको थियो । “गत आव २०८०/८१ को सोही अवधिमा राजस्व रु १५ अर्ब आठ करोड ६४ लाख २० हजार राजस्व संकलनको लक्ष्य राखिएकामा ७६ दशमलव ८५ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो तर यसपटक भने लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हासिल गरेका छौँ”, उनले भने ।

कार्यालयको तथ्यांकअनुसार चालु आवको १० महिनाको अवधिमा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयातबाट ६० दशमलव ५५ प्रतिशत अर्थात् रु. सात अर्ब ८३ करोड ६२ लाख ४३ हजार राजस्व संकलन भएको छ । यसैगरी, तरकारीको आयातबाट रु. ५८ करोड ३३ लाख १५ हजार, यातायातका साधन र तिनका पाट पुर्जाबाट रु. ३६ करोड ५३ लाख १५ हजार, खनिज उत्पादनबाट रु. २४ करोड १० लाख ३० हजार, कफीबाट रु. १९ करोड ३६ लाख ९० हजार, दलहनबाट रु. २० करोड २९ लाख ९४ हजार, राजस्व संकलन भएको सूचना अधिकारी हुमागांईले जानकारी दिए ।

यहाँबाट चालु आवको १० महिनामा रु. २१ अर्ब ४५ करोड ९३ लाख २३ हजार बराबरको वस्तु निर्यात हुँदा रु १९ करोड ८९ लाख ६८ हजार राजस्व संकलन भएको छ । सोही अवधिमा रु. ३८ अर्ब ८८ करोड ७८ लाख ११ हजार बराबरको वस्तु आयात गरिँदा रु. १२ अर्ब ७४ करोड ३० लाख ९२ हजार राजस्व संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस