काठमाडौँ। ८ हजार मिटरमाथिका दुई वटा हिमाल सगरमाथा र ल्होत्से आरोहण गरेर फर्किएकी डान्सर तथा अभिनेत्री कविता नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भव्य स्वागत गरिएको छ ।
उनको परिवार, आफन्त र शुभचिन्तकले उनलाई स्वागत गरेका हुन् । राष्ट्रिय झण्डा ओढाउँदै उनलाई सम्मान समेत गरिएको थियो ।
विमानस्थलमा कविताले सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो आरोहण अनुभव सुनाइन्। आफूसँगै गएका केही विदेशी आरोहीले ज्यान गुमाएको घटनामा दुःख व्यक्त गर्दै उनले कठिनाइको बाबजुद पनि हिमाल चढेको बताइन् ।
कविताले आइतबार सगरमाथा र सोमबार ल्होत्से आरोहण गरेकी थिइन् ।