७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेन युद्धका कारण अर्मेनियामा हतियार आपूर्तिमा ढिलाइ : रुस

अ+ अ-

येरेवान । रुसले युक्रेनमा जारी युद्धका कारण अर्मेनियामा हतियार आपूर्तिमा ढिलाइ हुन पुगेको स्पष्ट पारेको छ ।

रूसका परराष्ट्र मन्त्री सर्गेई लाभरोभले बुधबार अर्मेनियाको राजधानी येरेवानमा आयोजित पत्रकार सम्मेलनमा भने,“अहिले हामी गम्भीर अन्तर्राष्ट्रिय संकटको सामना गरिरहेका छौं, जसका कारण सबै देशसँग भएका सैन्य सम्झौता समयमा कार्यान्वयन गर्न कठिन भइरहेको छ ।”

अर्मेनिया लामो समयदेखि आफ्नो सुरक्षा आवश्यकताका लागि रूसमाथि निर्भर रहँदै आएको देश हो । तर पछिल्ला वर्षहरूमा, अर्मेनियाले फ्रान्स र भारतबाट पनि हतियार खरिद गर्न थालेको छ, किनभने रुसले पहिले नै भुक्तानी गरिएका हतियारहरू समयमा आपूर्ति गर्न सकेको छैन ।

युक्रेनमाथिको आक्रमणलाई रुसले पश्चिमसँगको ऐतिहासिक संघर्ष भन्दै व्याख्या गर्दै आएको छ । लाभरोभले भने,“हाम्रो अर्मेनियाली मित्रहरूले वर्तमान परिस्थितिलाई बुझ्ने प्रयास गरेका छन् । यस्ता चुनौतीपूर्ण अवस्थामा सबै प्रतिबद्धता तत्काल पूरा गर्न सक्दैनौं भन्ने कुरा यथार्थ हो ।”

फ्रान्ससँग अर्मेनियाको बढ्दो सैन्य सहकार्यबारे उनले चिन्ता व्यक्त गर्दै भने,“ जब हाम्रो सहयोगी राष्ट्र त्यस्ता मुलुकतर्फ जान्छ जुन खुलेरै रुसको विरोध गर्छ, तब हामीलाई त्यसको रणनीतिक अर्थबारे सोच्नुपर्छ ।”

हाल अर्मेनिया र रूसबीचको सम्बन्धमा चिसोपन देखिएको छ । अर्मेनियाले रुस नेतृत्वको सामूहिक सुरक्षा सन्धि सङ्गठन (सीएस्टीओ) सँगको सहभागिता प्रभावकारी रूपमा स्थगित गरेको छ । 

प्रतिक्रिया दिनुहोस