काठमाडौँ । जिल्ला प्रहरी परिसर भद्रकालीको गेटबाटै फरार भएका थुनुवा पुनः पक्राउ परेका छन्।
बुधबार दिउँसो काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी परिसर लगिएका दोलखाका २४ वर्षीय निशान परियार फरार भएका थिए।
उनलाई असनको यट्खाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए।
उनी सात दिनअघि पक्राउ परेका थिए। उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको थियो।