७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला

अ+ अ-

झापा । यहाँको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा वयस्क जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । 

अन्दाजी ५५ वर्षको मकुना हात्तीलाई स्थानीयवासीले आज बिहान जङ्गलभित्र मृत अवस्थामा देखेर वन कर्मचारीलाई खबर गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले बताए। उक्त हात्ती धेरै पहिलेदेखि बिरामी थियो । 

प्रकृति संरक्षण कोषबाट पशु चिकित्सक ल्याएर चार पटक उपचार गराएको श्रेष्ठले जानकारी दिए । “हात्ती पहिल्यैदेखि बिरामी थियो,” उनले भने, “उपचार गरियो, बचाउन सकिएन ।” बिरामी भएर चरनमा जान नसकेपछि उक्त हात्तीका लागि मेचीनगरका युवाको संस्था रेपिड रेस्पोन्स टिम (आरआरटी)ले बन्दाकोभी, फुलकोभी, तरुललगायतका खाना जंगलमै लगेर खुवाउने गरेको थियो ।

वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलका अनुसार उक्त रैथाने हात्तीलाई ‘घुमन्ते गज’ नामकरण गरिएको थियो । लुइँटेलले झापाको जंगलमा विचरण गर्दै आएका रैथाने हात्तीलाई तिनीहरूको पहिचान र स्वाभावको आधारमा विभिन्न नामकरण गरिँदै आएको बताए ।

हात्ती मरेपछि पोस्टमार्टम जाँचका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट प्राविधिक टोली घटनास्थलमा आइपुगेको र आजै खाल्डो खनेर पुरिने जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस