रुकुम (पूर्व)। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का जिल्ला स्तरीय नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा नेसपाका जितमान पुनसहितका जिल्लास्तरीय नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
जनमुक्ति सेनाका पूर्व कमान्डर तथा पूर्व जिल्ला सेक्रेटरीसमेत रहेका पुनलाई पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरे । त्यसैगरी नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य उपेन्द्रलाल कामीलाई पनि अध्यक्ष दाहालले स्वागत गरे ।
पार्टी प्रवेश गर्नेहरूमा नेसपाका जिल्ला संयोजक राखिमान घर्तीमगर, उपाध्यक्ष सतमान पुन, बलबहादुर छिनाल, सचिव धर्मटेक घर्तीमगर, कोषाध्यक्ष पुथ्बीहादुर घर्तीलगायत छन् ।
अध्यक्ष दाहालले पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गर्दै परिवर्तनको आन्दोलनमा पुनः जुट्न आग्रह गरे ।