काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि सर्वोच्च अदालतमा बुधबार पनि सुनुवाइ हुँदैछ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दैमा’ राखिएका थिए सोही विषयलाई आज सुनुवाइ हुने भएको हो ।
गत वैशाख ७ गते लामिछानेका तर्फबाट उनकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएकी थिइन्।
यसअघि पटक-पटक ‘हेर्न नमिल्ने’ भएर स्थगित हुँदै आएको उक्त रिटमा मंगलबार भने सुनुवाइ भएको हो।