मकवानपुर । भीमफेदी गाउँपालिका-१ खोप्ला खोलाबाट अवैध लागू औषध गाँजा करिब १ सय ७२ किलो ग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-८ सिम पानी बस्ने २५ वर्षीय प्रदिप मोक्तान र मकवानपुरगढी गाउँपालिका-५ धादिङ बस्ने २५ वर्षीय समुद्र दाहाल रहेका छन् ।
प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौँडा बजारतर्फ जाँदै गरेको बा.३ च ३४९६ नम्बरको कारलाई जाँच गर्ने क्रममा ४ वटा बोरामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी कार चालक प्रदिप र कारमा सवार समुद्रलाई सोमवार पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाही तथा अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ ।