काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । तोलामा ६ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार भने सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो ।