४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधि सभाबाट पारित

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रिय सभामा उत्पत्ति भएको सो विधेयक प्रतिनिधि सभाको आजको बैठकले सर्वसम्मतिले पारित गरेको हो । 

त्यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शिक्षाको मात्रै नभएर स्वास्थ्यको पनि केन्द्र बनोस् भन्ने उद्देश्यले सहकुलपतिमा शिक्षा र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राख्ने व्यवस्था गरिएको बताएका थिए । 

छलफलका क्रममा सांसद योगेशकुमार भट्टराईले धेरै पहिलादेखि उठेको विषय भएको सुदूरपश्चिमका जनतालाई न्याय गरेको बताए । सांसद डा अमरेशकुमार सिंहले सुदूरपश्चिमका जनतालाई बधाई दिँदै विकासमा विभेद भएको भन्दै मधेस–प्रदेशमा अहिलेसम्म एउटा पनि सरकारी मेडिकल कलेज भएको उल्लेख गरे । 

सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालय आवश्यकताबारे चर्चा गरे । सांसद दामोदर पौडेल वैरागीले विश्वविद्यालय स्वास्थ्य शिक्षाका क्षेत्रमा सुदूरपश्चिमको क्षेत्र केन्द्रका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । सांसद किरणकुमार साहले साहस र बलिदानको योगदानस्वरुप सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय खोल्नु गौरवपूर्ण कार्य भएको बताए । 

सांसद डा चन्दा कार्की भण्डारीले सहिदका नाममा खोलिएको विश्वविद्यालयमा राजनीतिक भागबण्डाको विषय हुन नहुने र स्वास्थ्यका क्षेत्रमा सबैले मिलेर राम्रो बनाउनुपर्ने सुझाव दिइन् । सांसद देवेन्द्र पौडेलले अब बन्ने विश्वविद्यालयको नेतृत्व प्रतिस्प्रर्धाद्वारा छनोट गर्ने विषयलाई विधेयकमा समावेश गर्नुपर्ने धारणा राखिन् ।

सांसद दिलेन्द्रप्रसाद बडुले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नमुना विश्वविद्यालयका रूपमा राज्यले विकास गर्नुपर्नेमा जोड दिए । छलफलमा सांसद बिजुला रायमाझी, रामकृष्ण यादव, रामप्रकाश चौधरी, दयालबहादुर शाही, प्रेम आले र विराजभक्त श्रेष्ठले भाग लिएकी थिइन् । 

प्रतिनिधि सभाको अर्को बैठक यही जेठ ५ गते बिहान ११ बजे बस्ने भएको छ ।  

प्रतिक्रिया दिनुहोस