बसाएर घरमा सुनायौ कहानी
सुनेँ कष्ट तिम्रो भयो दिल खरानी
लगाइन् प्रियाले फकाएर नाता
नजर बाण हान्दा गयो जिन्दगानी
भयो स्वार्थ पूरा गइन् प्रेयसी दूर
निकै शून्य लाग्दै छ यो राजधानी
भयो के वदनमा ठुलो दाग देख्छु
दियो चोट कसले तिमीलाई नानी
नमान्नू कुनै धक असल मित्र सोच्नू
नजिक बस्न आएँ नगर्नू रिसानी