२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग चीनको राष्ट्रिय जनकाँग्रेस  स्थायी समितिका उपाध्यक्ष सियाओ जीले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष जीले आज संघीय संसद् भवन बानेश्वरमा भेटवार्ता गरेका हुन् ।

भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको थियो । सो अवसरमा अध्यक्ष दाहालले नेपाल-चीन सम्बन्ध मानव सभ्यताको विकाससँगै सुरु भएको चर्चा गर्दै पछिल्ला वर्षमा दुई देशबीचको सम्बन्ध झन् निकट र प्रगाढ रहेको बताए । “दुई देशबीचको पुरानो सम्बन्ध र सभ्यतासँगै विकसित हुँदै आएको छ । भृकुटी र अरनिको जस्ता ऐतिहासिक व्यक्तित्वले निर्माण गरेको हाम्रो सम्बन्ध निरन्तर विकास र सुदृढ हुँदै गएको छ”, अध्यक्ष दाहालले भने, “भविष्यमा हाम्रो मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध अझ सुदृढ हुने कुरामा म विश्वस्त छु ।”

राष्ट्रपति, प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक एवम् संसदीय भ्रमणहरूले दुई देशको सम्बन्ध विस्तार र अनुभव आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेलेको अध्यक्ष दाहालले बताए ।

नेपालले आयोजना गरेको सगरमाथा संवादमा सहभागी हुन आएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष दाहालले सगरमाथा संवादले सरोकारवाला सबैलाई एकै ठाउँमा ल्याएर अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय मुद्दा एवम् चुनौतीहरू सम्बोधन गर्नका लागि सहमति र सहकार्य अघि बढाउन सहयोग पुर्‍याउने बताए । 

सो अवसरमा चीनको राष्ट्रिय जनकाँग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जीले नेपाल चीनको असल छिमेकी देश भएको बताए । उनले नेपाल रणनीतिक, सांस्कृतिक तथा सामाजिक हिसाबले निकै महत्त्वपूर्ण छिमेकी भएको भन्दै दुई देशले क्षेत्रीय तथा पारस्परिक विकासमा सहयोगमा गरिरहेको बताए ।

नेपाल विगतदेखि नै एक चीन नीतिप्रति प्रतिबद्ध रहेकोमा खुसी व्यक्त गर्दै उनले चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने नीतिको प्रशंसा गरे । जलवायु परिवर्तनको अवसर न्यूनीकरणका लागि नेपालले गरेको प्रयास निकै सह्रानीय रहेको भन्दै उपाध्यक्ष जीले नेपाल र चीन दुवै देश ट्रान्स हिमालयन राष्ट्र भएकाले यसका चुनौती र अवसर पनि साझा भएको बताए ।

भेटमा पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याल, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत सहभागी थिए । चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदूत छेन् सोङसहित उच्च अधिकारी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस