काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलाली चुरे गाउँपालिकास्थित सहजपुरको खानेपानी समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
मध्यपहाडी लोकमार्गको अभियान सुरुवातको पूर्वसन्ध्यामा बिहीबार कैलालीको चुरे गाउँपालिका सहजपुर पुगेका पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘खानेपानी र तटबन्धको मुख्य समस्या हो भन्ने बुझियो । यो विषयमा संघबाट के गर्न सकिन्छ त्यो गर्ने प्रतिबद्धता जनाउँदछु ।’
शुक्रबारट माओवाद केन्द्रको मध्यपहाडी लोकमार्ग .पुष्पलाल मार्ग) केन्द्रित जनतासँग जनजागरण अभियान बैतडीबाट सुरु हुँदैछ ।
अभियानका क्रममा लोकमार्गमा परेका प्रत्येक प्रदेशमा १र१ वटा जनसभा गर्ने कार्यक्रम छ । प्रत्येक जिल्लाहरूमा १र१ अन्तरसंवाद वा त्यस्तै प्रकृतिका अन्य कार्यक्रम आयोजना गर्ने माओवादीले जनाएको छ ।
शुक्रबार बैतडीको पाटनमा अभियानको उद्घाटन हुनेछ । भोलि नै डोटीको दिपायलमा कार्यक्रम पनि हुनेछ । ३ जेठमा अछामको मंगलसेनमा र ४ जेठमा दैलेखको सदरमुकाममा जनसभा हुनेछ ।
यसैगरी ५ जेठमा जाजरकोट खलंगामा, ६ जेठमा पश्चिम रुकुमको चौरजहारीमा जनसभा र मुसिकोटमा जनसंवाद हुनेछ ।
यसैगरी ७ जेठमा पूर्वी रुकुमको रुकुमकोट र रोल्पाको थवाङमा, ८ जेठमा बागलुङमा, ९ जेठमा पर्वतको कुश्मामा र १० जेठमा कास्कीको पोखरामा जनसभा हुनेछ । बाँकी जिल्लाहरूको कार्यक्रम पछि तय गरिने माओवादीले जनाएको छ ।
यसअघि माओवादीले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई-मधेश जनजागरण अभियान’ सञ्चालन गरेको थियो ।
अभियान सफल भएको उल्लेख गर्दै प्रचण्डले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान पनि सफल हुने विश्वास व्यक्त गरे ।
यो अभियानको सुरुवातको पूर्वसन्ध्यामा बिहीबार प्रचण्ड कैलालीको चुरे गाउँपालिका सहजपुर पुगेका हुन् । सो क्रममा अध्यक्ष ‘प्रचण्डले सहजपुरको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।