काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट चुक्ता पूँजीको १०.५२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश छन् । सो घोषित लाभांश नियामक बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ ।
हाल बजारमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९६० रुपैयाँ हाराहारीमा छ ।