विराटनगर । महेन्द्र मोरङ क्याम्पसको एक कक्षाकोठामा सिलिङ खस्दा एक जना शिक्षक घाइते भएका छन्। कक्षामा पठनपाठन भइरहेको बेला अचानक सिलिङको भाग भत्किएर खस्दा शिक्षकको टाउकोमा सिमेन्ट र बालुवा परेर गम्भीर चोट लागेको हो।
घाइते शिक्षकको अहिले उपचार भइरहेको क्याम्पस प्रशासनले जनाएको छ। झन्डै ६३ वर्ष पुरानो सो भवन २०७२ सालको विनाशकारी महाभूकम्पबाट क्षतिग्रस्त बनेको थियो। त्यति बेलै विज्ञहरूले भवनलाई प्रयोग नगर्न सुझाव दिएका थिए। तर जोखिम कायमै रहँदा पनि उक्त भवनमा अहिलेसम्म कक्षा सञ्चालन भइरहेकाले थप दुर्घटना हुने जोखिम उच्च देखिएको छ।