काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रिहा गर्नुपर्ने रिट निवेदन माथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
बुधबार सर्वोच्च अदालतले निवेदनको सुनुवाइको लागि न्यायाधीश सुनिल पोखरेलको इजलास तोकेको छ ।
प्रारम्भिक सुनुवाइ पछि अदालतले उनलाई थुनुवामा राख्नुपर्ने कारण पेस गर्न सरकार र गृह प्रशासनलाई आदेश दिन सक्नेछ ।
मिश्रकी पत्नी सारिका कार्कीले गैरकानुनी थुनामा राखिएको भन्दै मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
१५ चैतमा तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि प्रहरीले सोही दिन मिश्रलाई पक्राउ गरेको थियो । मंगलबार जिल्ला अदालत काठमाडौँले पाँच दिन पुनः म्याद थपेको छ ।