काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साले एकै दिन विभिन्न मुद्दाका फरार १९५ प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही अदालतबाट फैसला भई दण्ड, जरिवाना तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई विशेष प्रहरी टोलीले मंगलवार पक्राउ गरेको हो ।
उनीहरूलाई पक्राउ गरी सम्मानित पर्सा जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी किशोर लम्सालले बताए ।