२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सूचना प्रविधिका लागि भौतिक पूर्वाधार अभावले व्यवसाय फस्टाउन सकेन’ : सञ्चार मन्त्री गुरुङ

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिका लागि भौतिक पूर्वाधार अभावका कारण सो व्यवसाय फस्टाउन नसकेको बताएका छन् ।

मन्त्रालयद्वारा शुक्रबार आयोजित ‘राष्ट्रिय सूचना सञ्चार प्रविधि दिवस-२०८२ (नेशनल आइसिटी डे)’ कार्यक्रममा उनले सूचना प्रविधि मुलुकको सुशासन प्रवर्द्धन, समृद्धि र विकासको मूल आधार भएकाले यस क्षेत्रमा लगानी आवश्यक रहेको बताए ।

सूचना प्रविधिलाई चुस्त बनाउन मन्त्रालयले समय सापेक्ष कानुन, पूर्वाधार निर्माण र दक्ष जनशक्ति वृद्धिमा जोड दिएको मन्त्री गुरुङले जानकारी दिए । उनका अनुसार जसरी खेलकुद क्षेत्रको विकासका लागि खेल मैदान आवश्यक पर्छ त्यसैगरी आइटी विकास गर्न भौतिक पूर्वाधार अनिवार्य निर्माण गर्नुपर्छ । उनले भने, ‘कम्तीमा आइटी पार्क नभई नहुने देखिन्छ । हामी बनाउने योजनामा छौँ।’

मन्त्री गुरुङले विगतका कानुन हटाएर नयाँ नीति तथा कानुन तर्जुमा गर्ने, एकीकृत कार्यालय व्यवस्थापन प्रणालीलाई स्थानीय तह, प्रदेश र संघीय सरकारी कार्यालयमा पूर्णरुपमा लागू गर्ने, दूरसञ्चारलाई समयानुकूल बनाउन ऐन ल्याउने, फोरजी सेवा देशभर पुर्‍याउने र फाइभजी नेटवर्कलाई सुरुवात गर्ने, डाटा सेन्टर व्यवस्थित गर्ने, आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी नीति ल्याउने, जिआइडिसीको सबलीकरण र आधुनिकीकरण गरी थप डेटा सेन्टर स्थापना गर्नेलगायत गतिविधिमा मन्त्रालयले काम गर्दै आएको जानकारी दिए ।

सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले पछिल्लो समय आइसिटी क्षेत्रको प्रयोग बढ्दै जानु सकारात्मक भए पनि डिजिटल साक्षरता वृद्धि गर्नुपर्नेमा जोड दिए । उनले आइटी क्षेत्रबाट राज्यको अर्थतन्त्रमा टेवा पुग्ने वातावरण सिर्जना गर्न सुझाव दिए ।

श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका मन्त्री प्रेमभक्त महर्जनले डिजिटल फ्रेमवर्क बनाउने नेपाल सरकारको उद्देश्यलाई सफल पार्न मन्त्रालयले डिजिटल सेवा प्रभावमा जोड दिएको बताए ।

ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले सूचना प्रविधिको सदुपयोग गरेर महानगरपालिकालाई सभ्य, सुशासन र व्यवस्थित गर्न सकिएको उदाहरण दिए ।

प्रतिक्रिया दिनुहोस