काठमाडौँ। सरकारले उत्पीडित वर्ग र समुदायलाई चिकित्सा सेवामा आरक्षणको व्यवस्था गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
सरकारले उच्च शिक्षासम्म उत्पीडित वर्ग र समुदायलाई आरक्षणको व्यवस्था गरे पनि चिकित्सा सेवामा भने अहिलेसम्म आरक्षणको व्यवस्था गरेको थिएन ।