काठमाडौँ। यो साता सेयर बजार १.३१ प्रतिशत घटेको छ । गत साता २६५८ अंकमा रहेको बजार यो साता ३५ अंक घटेर २६२३ मा झर्यो ।
बिहीबार मजदुर दिवसका कारण सार्वजनिक बिदा परेसँगै यो साता ४ दिन कारोबार भयो । तीन दिन बजार घट्यो । पहिलो दिन आइतबार ३.५८ अंक बढेको बजार सोमबार १.५३, मंगलबार १५.०८ र बुधबार ८.१४ अंक घट्यो ।
बजार घटे पनि कारोबार रकम उल्लेख्य छ । आइतबार १० अर्ब ८७ करोडको कारोबार भएकोमा सोमबार ८ अर्ब ९१ करोड, मंगलबार ७ अर्ब ५७ करोड र बुधबार ९ अर्ब ३७ करोडको कारोबार भएको छ ।