१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

अ+ अ-

काठमाडौँ । दोस्रो अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा बिहीबारदेखि सुरु भएको छ ।

‘समुदायका लागि समुदायसँग मानसिक स्वास्थ्यमा सहकार्य’ भन्ने नाराका साथ तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल, अमेरिका, नर्वे, भारत लगायतका देशका मानसिक स्वास्थ्यको क्षेत्रमा कार्य गरिरहेका विज्ञहरू सहभागी छन् ।

आयोजक चितवन मेडिकल कलेजका मानसिक रोग विशेषज्ञ डा. खगेन्द्र काफ्लेका अनुसार सम्मेलनमा ६० भन्दा बढी प्रस्तुति तथा शोधपत्रहरू प्रस्तुत गरिने छन् ।

सम्मेलनमा मनोरोग विशेषज्ञ, मनोविद्, मनोसामाजिक कार्यकर्ता, स्वास्थ्य क्षेत्रका विज्ञ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, सामाजिक संघसंस्था र स्वास्थ्य शिक्षाका विद्यार्थी सहभागी छन् ।

सम्मेलनमा आएका विषयवस्तुले सरकारलाई नीतिगत परिवर्तनका लागि सहयोग गर्नुका साथै, मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्नेहरूलाई नयाँ ज्ञानको आदानप्रदान हुने अपेक्षा गरिएको छ ।

आयोजक समिति संयोजक डा. श्रीधर पौडेलले मानसिक स्वास्थ्यका विषयमा नेपाल र विभिन्न देशमा भइरहेका अध्ययन तथा कामका सिकाइलाई एकै थलोमा भेला भएर छलफल गर्ने र ती सिकाइलाई नेपालको मानसिक स्वास्थ्यको क्षेत्रमा बन्ने नीति तथा कार्यक्रमहरूको लागि सहयोगी हुने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको बताए ।

उनका अनुसार मानसिक स्वास्थ्यको अवस्था समुदाय स्तरमा कस्तो छ भनेर जान्नका लागि सम्मेलन महत्त्वपूर्ण हुनेछ । मानसिक स्वास्थ्यको उपचार गर्दै आएका चिकित्सक तथा स्वास्थ्यकर्मीले फिल्डमा भेटेका अनुभव पनि सम्मेलनमा साटासाट गर्नेछन् ।

सम्मेलनको उद्घाटन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राजधानी मेडिकल सिटी चितवनमा सम्मेलन हुनु सुखद पक्ष भएको बताइन् ।

उनले देशको अवस्था, समयको चाप, बढेको महत्त्वकाङ्‍क्षा आदी कारणले हरेक घरघरमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिन थालेको भन्दै यसलाई गम्भीर चुनौतीका रूपमा लिनुपर्ने बताइन् ।

उनले मेडिकल सिटीको उपमा पाएको भरतपुरमा मानसिक रोगको उपचार सम्बन्धी अलग्गै अस्पतालसमेत जरुरत रहेको बताइन् ।

उनले महानगरका तर्फबाट मानसिक स्वास्थ्य सेवा उपचारको क्षेत्रमा काम गर्न र सहयोग गर्न सदैव तयार रहेको बताइन् ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले सीमित साधन र स्रोतका भरमा मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्ने बाध्यता रहेको चर्चा गर्दै समुदाय स्तरमा अझै पनि मानसिक रोगको उपचारको पहुँच पुग्न नसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस