१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणघाट-बुटवल सडकमा पछिल्लो एक महिनामा अहिलेसम्मकै उच्च प्रगति

अ+ अ-

काठमाडौँ । नारायणघाट-बुटवल सडकमा पछिल्लो एक महिनामा अहिलेसम्मकै उच्च प्रगति भएको छ ।

आयोजनाका अनुसार अप्रिल २०२५ मा यो आयोजना सुरु भए यताकै उच्च अर्थात् ३.६३ प्रतिशत भौतिक प्रगति भएको हो । मे २०२५ मा यो रेकर्ड समेत तोड्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

अहिले यो सडकमा कुल ८२ प्रतिशत भागमा नयाँ कालोपत्र सडक हुँदै यात्रा गर्न सकिने भएको छ । यो आयोजनाको कुल भौतिक प्रगति ६४ प्रतिशत पुगेको छ ।

अप्रिल २०२५ मा ३.२६ प्रतिशत काम गर्ने लक्ष्य राखिएको समेत आयोजनाले जनाएको छ । यो आयोजना अन्तर्गत अहिले रातको समयमा यातायात सञ्चालन रोकेर धमाधम काम भइरहेको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको १ सय १३ किलोमिटर खण्ड यस आयोजनाभित्र पर्छ । सरकारले माघ २०७५ मा यो आयोजना निर्माणका लागि सम्झौता गरेको थियो । त्यसबेला आयोजनाको काम ४२ महिनाभित्र सक्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार काम भएको भए आयोजना साउन २०७९ मा सकिनुपर्थ्यो । तर, तोकिएको अवधिमा काम नसकिएपछि हरेक वर्ष साउनमा सरकारले एकेक वर्ष म्याद थप गर्दै आएको छ । यस वर्ष पछिल्लो समय भने कामले गति लिएको देखिएको छ ।

यो सडक आयोजना गैंडाकोट-दाउन्ने (६४.४२ किलोमिटर) लाई पूर्वी खण्ड र दाउन्ने-बुटवल (४८.५८ किलोमिटर) लाई पश्चिम खण्डमा विभाजित गरिएको छ ।

आयोजनामा कुल ४ सय ६२ कल्भर्ट निर्माण गर्नुपर्ने छ । यस आयोजना अन्तर्गत साना–ठूला गरी कुल ६४ पुल निर्माण गर्नुपर्ने छ । यो आयोजनामा कुल १सय १३ किलोमिटर सडक कालोपत्र गर्नुपर्ने छ ।

आयोजनामा कुल १०६.१७ किलोमिटर साइड ड्रेन निर्माण लक्ष्य छ । १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा निर्माण गर्ने गरी आयोजनाको ठेक्का लागेको छ ।

प्रतिक्रिया दिनुहोस