१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरधाममा मधेश बालिका सम्मेलन सुरु

अ+ अ-

काठमाडौँ। सक्षम बालिका : समृद्ध मधेश मुलनाराका साथ मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबारदेखि मधेश बालिका सम्मेलन २०८२ सुरु भएको छ ।

मधेश प्रदेश सरकारको खेलकुद तथा समाजकल्याण मन्त्रालयको समन्वयमा बाल विवाह विरुद्ध प्रदेशस्तरीय सञ्जाल मधेश प्रदेशको आयोजनामा सुरु भएको बालिका सम्मेलनको एक कार्यक्रमबिच मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले उद्घाटन गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जयसवालले बाल बालिकाहरूको हक अधिकार सुनिश्चितताको लागि निमार्ण भएका ऐन कानुनहरूको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड दिए। उनले समाज रूपान्तरणको सवालमा प्रदेश सरकारले दृढताका साथ कामकाजलाई अगाडी बढाएको भन्दै बालिकाहरूको हक अधिकारका लागि प्रदेश सरकारले मधेश प्रदेशमा बालिका संरक्षण ऐन ल्याएको बताए ।

उनले बालिका संरक्षण ऐनको कार्यान्वयनका लागि महाअभियान स्वरूप प्रदेश सरकारले अगामी आर्थिक वर्षबाट बेटी जिन्दाबाद कार्यक्रम सञ्चालन गर्न लागेको बताए । उनले बालविवाह, भागि विवाह, दहेजप्रथा, बोक्सी प्रथा जस्ता कुरुतीहरुको कारण मधेश प्रदेश बदनाम हुने गरेको भन्दै यस्ता कुरीतिहरूको विरुद्धमा हामी सबै लाग्नु पर्नेमा उनले जोड दिए । उनले समाज रुपान्तरण्को सवालमा तिनै तहका सरकारले विभिन्न खालका कानूनहरु निमार्ण गरेको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि राज्यका साथसाथै सरोकारवाला सबैको सहयोग आवश्यक भएको बताए ।

किशोरी समूह सिरहाका किशोरी गुन्जा कुमारी ठाकुरको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेश सभाको महिला, बालबालिका तथा जेष्ठ नागरिक समितिका संयोजक रुपा यादव, नीति तथा योजना आयोग मधेश प्रदेशका सदस्य रिना यादव, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह सहितकाले बाल बालबालिकाको अधिकार सुनिश्चितताको लागि निमार्ण भएका कानुनहरूको प्रभावकारी कार्यान्वयन आवश्यक भएको बताए। लाइफ नेपाल ,हाम्रो प्रयास ,सखी ,महिला सचेतना समूह, दलित विकास मञ्च, मुक्ति नेपाल र परिकल्पना नेपाल सह आयोजक रहेको उक्त सम्मेलनमा मधेश प्रदेशको आठ वटै जिल्लाका किशोरीहरूको सहभागिता रहेको छ ।

कार्यक्रममा बालविवाह, भागी विवाह, दहेज प्रथा तथा भेदभाव विरुद्ध इजोत नामक मञ्चन गरिएको थियो । दुई दिनसम्म चलने उक्त सम्मेलनमा किशोरीहरूको हक अधिकारको सवालमा विभिन्न सत्रमा विभिन्न प्रकारका छलफल पश्चात् जनकपुरधाम घोषणा पत्र जारी गर्दै बिहीबार सम्मेलन सम्पन्न हुने लाइफ नेपाल जनकपुरधामका अध्यक्ष सुरैत ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस