काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरूबीच आज निर्णायक वार्ताको तयारी छ। दुवै पक्ष अहिले आन्तरिक छलफलमा जुटेका छन् ।
आन्दोलनरत शिक्षकहरूका मागलाई सम्बोधन गर्ने समझदारीसहित आज अन्तिम वार्ताको तयारी भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ ।
शिक्षकहरू २८ दिनदेखि काठमाडौँका सडकमा प्रदर्शन गर्दै आएका छन् । मन्त्रालयका अनुसार बुधबार दिउँसो ३ बजेपछि वार्ताको तयारी छ ।
शिक्षक महासंघको पनि बानेश्वरमा बैठक बसिरहेको छ। स्रोतका अनुसार सरकारले शिक्षा ऐन जारी गर्ने कार्य तालिकासहितको प्रतिबद्धता जनाउने र आन्दोलन स्थगित गर्ने समझदारी हुँदै छ।