काठमाडौँ । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका-४ पोखरी थोक घर भएकी हाल काठमाडौँ सामाखुसी बस्ने ४१ वर्षीया सविना शाक्य रहेकी छन् । उनलाई अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले डिल्लीबजारबाट आइतबार पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौँ र जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेको प्रहरीले जनाएको छ ।
हाल पक्राउ गरी नेहालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर र सविनालाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।