काठमाडौँ । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी जागरण अभियान’ आज सकिँदै छ ।
हुलाकी राजमार्ग केन्द्रित माओवादीले यो अभियान गत १२ फागुनमा झापाको कचनकवल गाउँपालिकाको बनियानीबाट सुरु गरेको थियो । बीचमा रोकिँदै फेरि सुरु हुँदै गरेको यो अभियान दुई महिनापछि बुधबार कञ्चनपुर पुगेर सकिन लागेको हो ।
माओवादी अध्यक्ष ‘प्रचण्ड’ कञ्चनपुरमै छन् ।
उनले कञ्चनपुरको पुनर्वास नगरपालिका-५ मा अवस्थित शोभा ताल पर्यटकीय क्षेत्रको अनुगमन तथा अवलोकन गरे । शोभा ताल प्रांगणमा सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट गरे ।
कञ्चनपुरको बेलौरी बजारस्थित राष्ट्र प्रेमी किसान नेता तथा महान् शहीद भिमदत्त पन्तको सालिकमा माल्यार्पण गरेका छन् ।