१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमतीमा लक्ष्यअनुरूप राजस्व उठेन

अ+ अ-

बागमती । बागमती प्रदेशमा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको सम्बन्धित कार्यालयका कर्मचारीले बताएका छन् । घरजग्गा तथा नयाँ सवारीसाधन खरिदबिक्रीमा आएको गिरावटसँगै लक्ष्यअनुरूप राजस्व संकलन हुन नसकेको हो । 

घरजग्गा रजिस्ट्रेसन (मालपोत) र सवारी कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकबाट आर्थिक वर्ष २०८१/८२ मा रु. २९ अर्ब ५५ करोड ८९ लाख राजस्व संकलन हुने अनुमान गरिएकामा नौ महिनामा रु. १६ अर्ब ७४ करोड २० लाख ८६ हजार मात्र संकलन भएको छ ।  

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालका अनुसार आव २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसनबाट रु. सात अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकामा नौ महिनामा रु. तीन अर्ब ३९ करोड ७१ लाख ७० हजार संकलन भएको छ । 

त्यसै गरी, सवारीसाधन जाँच पास, ‘रुट परमिट’, सवारी चालक अनुमतिपत्र जारी तथा नवीकरणअन्तर्गत सवारीकारबापत आव २०८१/८२ मा रु. सात अर्ब ५० करोड राजस्व संकलनको लक्ष्य निर्धारण भएकामा नौ महिनामा रु. चार अर्ब ९३ करोड ५४ लाख ८९ हजार मात्र संकलन भएको छ । 

मूल्य अभिवृद्धि कर (भ्याट)बापत रु. आठ अर्ब ६१ करोड ८५ लाख प्राप्त हुने अनुमान गरिएकामा रु. पाँच अर्ब ६४ करोड ८१ लाख संकलन भएको छ भने अन्त:शुल्क करबापत रु. तीन अर्ब ६९ करोड ३६ लाख प्राप्त हुने अनुमान गरिएकामा रु. एक अर्ब ९२ करोड ४१ लाख २१ हजार मात्र असुली भएको छ ।

प्रतिक्रिया दिनुहोस