१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हनुमान जयन्ती शोभायात्रा र वीरगञ्जको तनाव : प्रशासनको प्रभावकारी कदम

अ+ अ-

वीरगञ्ज । यस वर्षको हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा आयोजित शोभायात्राले सामुदायिक संवेदनशीलता र प्रशासनिक चुनौतीलाई पुनः उजागर गरेको छ । विगतका वर्षहरूमा यस्ता शोभायात्राहरूले साम्प्रदायिक तनाव र हिंसा निम्त्याएको सन्दर्भमा, यस वर्ष प्रशासनले ठूलो दुर्घटना रोक्न प्रभावकारी कदम चालेको देखिन्छ । यद्यपि, केही विवाद र तनावका घटनाहरूले सामाजिक सद्भावमा दीर्घकालीन जोखिम कायमै रहेको संकेत गरेको छ ।

हनुमान जयन्ती हिन्दु धर्मावलम्बीहरूले चैत्र शुक्ल पूर्णिमामा भगवान् हनुमानको जन्मोत्सवका रूपमा मनाउने पर्व हो । वीरगञ्जमा पछिल्ला वर्षहरूमा यो पर्वलाई हिन्दु स्वयंसेवक संघ, बजरंग दल र हिन्दु परिषद्जस्ता संगठनहरूले शोभ यात्राको रूपमा आयोजना गर्दै आएका छन् । यस्ता शोभायात्राहरूमा गेरु वस्त्र, झण्डा र नाराबाजीमार्फत धार्मिक उत्साह व्यक्त गरिन्छ । तर, कहिलेकाहीँ हतियार प्रदर्शन र उत्तेजक नाराले अन्य समुदायसँग तनाव बढ्ने गरेको छ ।

वीरगञ्जको सामाजिक संरचना, जहाँ हिन्दु र मुस्लिम समुदायको ठूलो जनसङ्ख्या सँगसँगै बसोबास गर्छ, यस्ता धार्मिक आयोजनहरूलाई अझ संवेदनशील बनाउने गरेको छ । २०७६ र २०७७ मा शोभायात्राकै क्रममा झण्डा, नारा र रुटलाई लिएर भएको विवादले ढुंगामुढा र साम्प्रदायिक मुठभेड निम्त्याएको थियो । यस्ता घटनाले प्रशासनलाई हरेक वर्ष टाउको दुखाइको विषय बन्दै आएको छ । जसमा प्रजिअको भूमिका अहम् रहन्छ । 

यस वर्षको शोभायात्रालाई मध्यनजर राख्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले चैत्र २७ गते आयोजकहरूसँग छलफल गरे । सम्भावित घटनाहरूको पूर्वानुमान गरी ठूलो क्षति हुनबाट जोगाउन उनले सक्रिय कदम चाले । हिन्दु स्वयंसेवक संघका प्रतिनिधिहरूसँगको छलफलमा रुट, नारा, अनुशासन र हतियार प्रदर्शनबारे नियमित संवाद भयो । आयोजकहरूले रुट परिवर्तन गर्न अस्वीकार गरे पनि हतियार प्रदर्शन नगर्ने र मर्यादित नारामा सहमति जनाए । यद्यपि, चैत्र २९ गते आयोजकहरूले सहभागीको विवरण दिन अस्वीकार गरे, जसबाट प्रशासनले थप तयारी गर्नुपर्ने देखियो र चनाखो रूपमा अघि बढ्यो । 

प्रजिअ अर्यालले मुस्लिम समुदायका अगुवाहरूसँग पनि छलफल गरी उनीहरूलाई उत्तेजनामा नआउन र शान्तिपूर्ण व्यवहार गर्न आग्रह गरे । शान्ति कायम गर्न सहयोग पुर्‍याउन उनले बारम्बार अनुरोध गरे । संवेदनशील क्षेत्रमा मासु पसल र वर्कसप बन्द गराउने, सीमा नाकामा कडाइ गर्ने र सुरक्षा व्यवस्था सुदृढ गर्ने कदम चालियो । यी कदमहरूले प्रशासनको सक्रियता झल्काए पनि आयोजकहरूको असहयोगले जोखिम कायमै रह्यो ।

चैत्र ३० गते दिउँसो ३ बजे घण्टाघरबाट सुरु भएको शोभायात्रामा करिब १४–१५ हजार सहभागी थिए । दिउँसो ४ बजे इदगाह चौक नजिक झण्डा खोसिएको विवादले तनाव सुरु भयो । ब्लडबैंक क्षेत्रमा ढुंगामुढा भयो, जसको प्रभाव इदगाह क्षेत्रमा फैलियो । विगतका यस्ता घटनाले ठूलो हिंसा निम्त्याएको सन्दर्भमा, प्रशासनले तत्काल १४५ सेल अश्रुग्याँस र केही राउन्ड हवाई फायर प्रयोग गरी स्थिति नियन्त्रणमा लियो । साँझ ७:३० बजे कफ्र्यू जारी गरियो, जसले आगजनी र तोडफोडलाई रोक्न सहयोग गर्‍यो ।

चैत्र ३१ गते राजनीतिक दल, हिन्दु र मुस्लिम समुदायका प्रतिनिधिहरूसँगको छलफलले ५ बुँदे सहमति कायम गर्‍यो, जसमा वैशाख १ गतेदेखि कफ्र्यू हटाउने निर्णय भयो । तर, वैशाख २ गते केही व्यक्ति पक्राउ परेपछि हिन्दु समुदायले जिल्ला प्रहरी कार्यालय घेराउ गर्‍यो, जसले तनाव पुनः बढायो । वैशाख ३ गतेको सर्वपक्षीय छलफलले स्थिति साम्य पार्न महत्त्वपूर्ण भूमिका खेल्यो । यद्यपि, सामुदायिक अविश्वास पूर्ण रूपमा हट्न सकेको छैन ।

प्रजिअ गणेश अर्यालको नेतृत्वमा प्रशासनले सक्रियता देखाएर ठूलो हिंसा रोकेको स्पष्ट छ । रणनीतिक योजना, सर्वपक्षीय समन्वय र तत्काल कफ्र्यूजस्ता कदमले स्थिति नियन्त्रणमा आयो । आयोजक पक्षहरूसँग नियमित छलफलले उनीहरूलाई थप उत्तेजित बनाउन र माहोल बिगार्नबाट त जोगायो नै, संयमिततातर्फ पनि सजग गराइयो । 

वडाध्यक्ष, राजनीतिक दलका पदाधिकारी, उद्योग वाणिज्य संघ र जातीय संघसंस्थाहरूसँगको संवाद र सहमतिलाई कडाइका साथ कार्यान्वयन गरियो । प्रदर्शनकारीमाथि कानुनी कारबाही गर्दै स्थिति बिग्रनबाट जोगाइयो ।

साम्प्रदायिक विवाद समाधान गर्न कानुन कार्यान्वयन मात्रै पर्याप्त नभई वार्ता, संवाद र परिस्थिति अनुकूल रणनीतिहरूलाई सँगसँगै अघि बढाउनुपर्ने कुरा वीरगञ्जको यो घटनाले स्थापित गरेको छ ।

दीर्घकालीन समाधान
संवेदनशील रुटको पुनरावलोकन गर्दै शोभायात्राको रुटलाई सर्वपक्षीय सहमतिमा परिमार्जन गर्नुपर्छ भने हिन्दु र मुस्लिम समुदायबीच नियमित संवाद र विश्वास निर्माणका कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

शोभायात्रा आयोजकहरूले सहभागीको विवरण र अनुशासन सुनिश्चित गर्न प्रशासनसँग सहकार्यका साथै सामाजिक सञ्जालमा भ्रामक जानकारी रोक्न मिडिया साक्षरता अभियान चलाउन पनि जरुरी देखिन्छ । 

यससँगै संवेदनशील पर्वहरूमा सुरक्षा र अनुगमनलाई थप प्रभावकारी बनाउन प्रशासन शुरुदेखि सजग रहँदै आम सर्वसाधारणहरूलाई सोही अनुसार सुरक्षा अवस्थाबारे जानकारी गराउनुपर्छ । 

यस वर्षको हनुमान जयन्ती शोभायात्रामा वीरगञ्ज प्रशासनले ठूलो हिंसा रोक्न सफलता हासिल गरे पनि सामुदायिक तनाव र अविश्वास पूर्ण रूपमा समाधान गर्न अझै सार्थक प्रयास जरुरी देखिन्छ । 

प्रशासनको संयम र समन्वय प्रशंसनीय छ, तर दीर्घकालीन शान्ति र सद्भावका लागि सामुदायिक संवाद, आयोजकको जबाफदेहिता र मिडियाको निष्पक्ष भूमिका अपरिहार्य छ । सतर्कता र रचनात्मक सहकार्यले मात्र वीरगञ्जको सामाजिक एकता बलियो बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस