काठमाडौँ । तीनकुनेमा राजावादीको आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन्।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार बेलुकी हाजिरी जमानीमा रिहा गरेको हो। राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानी गर्ने शर्तमा परिवारको जिम्मा लगाइएको छ ।
क्यान्सरको उपचार गर्न भारत जानुपर्ने भएको हुनाले उनलाई रिहा गरेको प्रहरी परिसर काठमाडौँले जनाएको छ । राणा गत चैत १५ मा पक्राउ परेका थियो । उनको रिहाइबारे राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरेका छन्।