१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जोगबुढा नदीमा ‘गेज मिटर’ राख्न अध्ययन गरिँदै

अ+ अ-

कञ्चनपुर । बर्सातको समय नजिकिँदै गएपछि जल तथा मौसम विज्ञान विभागले पनि पूर्वतयारी थालेको छ ।

जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले बाढीले सबैभन्दा बढी प्रभावित हुने कञ्चनपुरको कुतियाकवरस्थित जोगबुढा नदीमा ‘कलर कोड’सहितको गेज मिटर राख्नका लागि अध्ययन गरेको छ । 

कलर कोडसहितको गेज मिटरले सर्वसाधारणलाई तुरुन्तै नदीको जल सतह थाहा पाउन सजिलो होस् भन्ने हेतुले कलर कोडसहितको गेज मिटर स्थापना गर्न लागेको जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार शाहले जानकारी दिए ।

उनका अनुसार महाकाली नदीमा गेज मिटर स्थापनाको कार्य सुरु भएको छ भने जोगबुढा नदीमा गेज मिटर राख्नका लागि अध्ययन भइरहेको छ । “तटीय क्षेत्रका जनताले विपद्को पूर्वतयारी गर्न सजिलो हुनेछ”, उनले भने, “यसले यहाँका जनताले सजिलैसँग आफ्नो आखाँले हेरेर तुरुन्त बाढीको जोखिमबारे थाहा पाउने र सुरक्षित स्थानमा जान सजिलो हुने गरी काम गरेका छौँ”, उनले हरियो रङले न्यून जोखिमलाई जनाउने र पहेलो रङले चेतावनी तह पुग्दै छौँ भन्ने जानकारी दिने बताए ।

त्यसै गरी  सुन्तला रङले अब खतराको नजिक पुग्दै छौँ भन्ने संकेत गर्नेछ भने रातो रङले अब हामी खतराको संकेत दिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस