काठमाडौँ । नेपाली काँग्रेसको हिन्दु राष्ट्र महाअभियानले बांङ्लादेशका अल्पसंख्यकमाथिको अत्याचारबारे बोल्न माग गरेको छ ।
संयोजक शंकर भण्डारीले एक विज्ञप्ति जारी गर्दै बांङ्लादेशका वरिष्ठ हिन्दु समाजसेवी भवेशचन्द्र रायको कट्टरपन्थी मुस्लिम समुदायबाट भएको हत्या विश्वभरीका वैदिक सनातन धर्म र संस्कृतिमाथिको हमला भएको भन्दै यसको विरोधमा आवाज उठाउन आग्रह गरेका छन् ।
यस घटनाका विषयमा अन्तर्राष्ट्रिय जगत, नेपाली काँग्रेस सहितका राजनीतिक दल, सञ्चार जगत, धार्मिक संस्था र आम नागरिकलाई न्यायको पक्षमा आवाज बुलन्द गर्न महाअभियानले आग्रह गरेको हो ।