काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार काठमाडौँको बिजुली बजार क्षेत्रमा प्रदर्शन गर्ने भएको छ।
प्रदर्शन दिउँसो १२ बजेबाट सुरु हुनेछ। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले भोलिको प्रदर्शनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुने जानकारी दिएका छन्।
गत बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरासहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइ माग राखेर राप्रपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ।
२६ चैतमा राप्रपाले बल्खुमा सभा गरेर आफ्ना नेताहरूको रिहाइ र उक्त दिनको घटनाको छानबिन गर्न आयोग गठन नगरिए सशक्त आन्दोलनको चेतावनी दिएको थियो।