काठमाडौँ । काठमाडौँ केन्द्रित नेपाल शिक्षक महासंघको आन्दोलनको १८औँ दिनमा शनिबार नयाँ बानेश्वरस्थित सडक मै बसेर हाजिरी गर्दै तनहुँ जिल्लाबाट सहभागी शिक्षकहरू। शिक्षा ऐन ल्याउन र विभिन्न समयमा शिक्षक महासंघसँग सरकारले गरेका समझदारी कार्यान्वयन गर्न माग गर्दै गत चैत २० गतेबाट शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् । तस्बिर: नृपेन्द्र बहादुर मल्ल