१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वप्रकाश शर्माले भने-‘गाह्रो भएको भए प्रधानमन्त्रीकै टिम बनाऔँ, हामी बाहिर बस्छौँ

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसका कारण सरकारमा काम गर्न अप्ठेरो भएको भए खुलेर भन्न आग्रह गरेका छन् ।

काँग्रेस सत्तापक्षकै बेन्चमा बसेर पनि सरकारका कमी कमजोरीप्रति प्रश्न गर्ने ठाउँमा हुनुपर्ने महामन्त्री शर्माको भनाइ छ । आफू संलग्न सरकारको सफलताको लागि बोल्नु आफूहरूको कर्तव्य रहेको उनले बताए ।

‘काँग्रेस बाहिरिँदा विपक्षीको बेन्चमा होइन, सत्ता पक्षको बेन्चमा बस्ने, सरकारलाई साथ दिने, कमजोरीप्रति प्रश्न गर्ने,’ महामन्त्री शर्माले भने, ‘भोलि काँग्रेसको प्रधानमन्त्री बन्ने बेलामा काँग्रेसको टिम हुन्छ, एमालेले बाहिर बसेर सरकारलाई सहयोग गर्छ, कमी कमजोरीप्रति प्रश्न गर्छ ।’

महामन्त्री शर्माले एमालेको प्रधानमन्त्री हुँदा पूर्ण रूपमा एमालेकै र काँग्रेसको प्रधानमन्त्री हुँदा पूर्ण रूपमा काँग्रेसकै टिम हुने गरी सोच्न पनि आग्रह गरेका छन् ।

‘जो प्रधानमन्त्री उसैको टिम । यसमा सहमत होऔँ । काँग्रेसका मन्त्रीहरूका कारण काम गर्न गाह्रो भयो भने प्रधानमन्त्रीले भन्नुपर्‍यो,’ न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महामन्त्री शर्माले भने, ‘एमालेको प्रधानमन्त्री हुँदा खेरी एमालेको टिम दिने टोटल । बरु, अरू साना दललाई गाँसौँला, काँग्रेस बाहिरिने ।’

सरकारको सफलताका लागि नराम्रा कामहरूबारे ध्यान दिनुपर्ने बताउँदै उनले चुकेको ठाउँमा आफूहरूले झकझक्याउने बताएका छन् ।

सबैभन्दा उत्तम विकल्प सरकारको गति बढाउनु नै रहेको जिकिर उनको थियो ।

‘सबैभन्दा उत्तम विकल्प, सरकारको गति बढ्नुपर्छ । कुनै पनि यो वा त्यो, इन्तु-परन्तु, इफ-बट भनिराखेर सरकारलाई ढिलाइ भएको कुरामा कसैलाई दोष लगाएर हुँदैन,’ महामन्त्री शर्माले भने ।

प्रतिक्रिया दिनुहोस