काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक अहिले पार्टी कार्यालय घण्टीघरमा बसिरहेको छ ।
कार्यवाहक सभापति डोलप्रसाद अर्यालको सभापतित्वमा बैठक बसेको हो ।
सहमहामन्त्री सुमना श्रेष्ठले राजीनामा दिएको चर्चाले रास्वपा भित्र सरगर्मी बढेको छ ।
आजको बैठकमा सुमनाले राजीनामाको घोषणा गर्ने बताइएको छ । बैठक सुरु भएको केही बेरपछि सुमनाले इन्ट्री गरेको स्रोतले बताएका छ ।