१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवाले भने-‘सुदूरपश्चिमको भाषा हरायो, भाषा हराए समाज विखण्डित हुन्छ’

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

देउडा समाज केन्द्रीय कार्यालयले प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजना गरेको देउवा खेल तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भाषा हराउँदै जानु चिन्ताको विषय भएको बताएका हुन् । उनले भाषा हराए समाज कमजोर र विखण्डित हुने समेत बताए ।

‘जुन समाजको भाषा लुप्त हुन्छ हराउँछ, त्यो समाज कमजोर हुन्छ । समाज विखण्डित हुन्छ भन्ने भनाइ छ,’ डडेल्धुरा गृहजिल्ला भएका पूर्वप्रधानमन्त्री देउवाले भने, ‘हामीले आफ्नै भाषा बोल्न छाडेका छौँ । हामी सबै नेपाली बोल्न थालेका छौँ । अझ कतिले त आफ्ना छोराछोरीसँग नेपालीमा पनि होइन, अंग्रेजीमा बोल्ने गरेका छन् ।’

देउवाले संसारभर भाषा बचाउने अभियान र संघर्ष चलिरहेको भन्दै आफ्नो भाषा बचाउन लाग्नु पर्ने बताए । ‘आफ्नो भाषा बचाउन संसारभर लडिरहेका छन्, हामीले पनि सुदूरपश्चिमको भाषालाई बचाउनुपर्छ । भाषा बचाउन सबैले योगदान गर्नुपर्नेछ ।’

उनले भाषासँगै सुदूरपश्चिमको संस्कृति जोगाउन पनि सबै लाग्नु पर्ने बताए । उनले १ वैशाखलाई विशु संक्रान्तिका रूपमा मनाउने गरिएको चर्चा पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस