काठमाडौँ । सत्तारुढ नेकपा एमालेले यही वैशाख ११ गते काठमाडौँमा भव्य कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।
आजको पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता खुलापन र गणतन्त्रको महत्त्व बताउन अवसरको रूपमा सेलेब्रेसनस्वरूप भव्य कार्यक्रम गर्ने सचिवालय बैठकले निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताएका हुन् ।
‘वैशाख ११ गते जनताले जितेको दिन । निरंकूश राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र स्थापनाको औपचारिक बिजारोपण गरिएको दिए । यूथ सेलेब्रेसनको रूपमा आजको पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता खुलापन र गणतन्त्रको महत्त्व बताउन अवसरको रूपमा सेलेब्रेसन भव्य कार्यक्रम आयोजना गर्दैछौं । त्योबारे सल्लाह भयो’, ज्ञवालीले भने ।