२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कटारीमा निर्माणाधीन पुल बाढीले भत्कायो

अ+ अ-

उदयपुर । विपद्को पूर्वानुमान गर्न नसक्दा उदयपुरको कटारी नगरपालिका-२ मा निर्माणाधीन पक्की पुल भत्किएको छ । तीन दिनअघिको वर्षाका कारण अमाहाखोलामा आएको बाढीले मिर्चैया-कटारी खण्डअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने पुल ढलान गरिसकेको पुल भत्काएको हो ।

चैतमा यति ठूलो वर्षा भएर बाढीको अनुमान नगरिएकाले ठूलो भौतिक क्षति भएको निर्माणको जिम्मा लिएको सूर्या एण्ड सन प्रालिका प्रतिनिधि निमेष श्रेष्ठले बताए। “स्थानीयले पनि चैतमा यत्रो पानी परेको थाहै थिएन भनेका छन्”, उनले भने, “अब यो सबै भत्काएर नयाँ बनाउनुपर्छ ।”

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख उवं प्रहरी नायब उपरीक्षक कमल बजगाईँले प्रारम्भिक अनुमानमा रु. दुई करोडको क्षति भएको जानकारी दिए । उनका अनुसार खहरे खोलामा पानी नभएको अवस्थामा निर्माण व्यवसायीले खोला थुनी टेको लगाएर ढलान गरेका थिए । वर्षापछि खहरे खोलाको बाढी थुनिएको जनाउँदै प्रनाउ बजगाईँले उक्त थुनिएको पानी बग्ने बेला पुल भत्काएको उल्लेख गरे ।

स्थानीय नारायण कुमरले पुल निर्माणका क्रममा बाढी आउन सक्ने भएकाले ह्युमपाइप राख्नुपर्नेमा जोड दिए । “तीन वटा ह्युमपाइप राखेर काम गर्न यसअघि हामीले अनुरोध गरेका थियौँ तर निर्माण व्यवसायीले मान्नुभएन”, उनले भने ।

पुल भत्किनुमा गुणस्तर हीन काम भएको हुनसक्ने स्थानीयको गुनासो आएपछि इञ्जिनियरसहित अनुगमनमा पुगेका कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले खोला थुनिएकाले पानीको बहाव रोकिँदा बाढी आएर क्षति भएको पाइएको जानकारी दिए ।

बाढीले पुल भत्काएपछि हालसम्म बनेको संरचना भत्काएर अर्को निर्माण गर्नुपर्ने मिर्चैया-कटारी-घुर्मी सडक आयोजनाको कार्यालयका प्रमुख पशुपति ज्ञवालीले बताए । “यहाँ राखिएका तार २८ दिनपछि तन्काउनु पर्ने थियो, तर बाढीले १८ दिनमा क्षति पुर्‍याएको छ । अब सबै संरचना भत्काएर पुनः काम थाल्नुपर्छ”, उनले भने ।

पुल भत्काएर पुन:निर्माण गर्दा एकवर्ण ढिला हुने निर्माण व्यवसायी श्रेष्ठले बताए । “भत्काउन पनि समय लाग्छ, मुचुल्का गरेर बिमा दाबी गर्नुपर्छ । वर्षामा काम गर्न समस्या हुन्छ । यसले गर्दा निर्माण तालिका करिब एक वर्ष लम्बिने अनुमान गरेका छौँ ।”

पचास मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमुनि लगाइएको ह्युमपाइप थुनिएर जम्मा भएको पानीले टेका  बगाउँदा निर्मित संरचना भाँचिएको थियो । निर्माण कम्पनीले दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी बि.सं. २०७९ असार २९ गते उक्त खण्डअन्तर्गत पर्ने चार वटा पुल रु. २८ करोड ९९ लाख ५२ हजारमा जिम्मा लिएको थियो । उक्त खण्डअन्तर्गत सिमानपुर, खोक्सा, गिद्धाबर र तारा घारीमा पुल बनाउने जिम्मा प्रालिले लिएको छ ।

प्रतिक्रिया दिनुहोस