२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थपूर्ण जीवनका लागि चक्र साधना

अ+ अ-

सम्पूर्ण ब्रह्माण्डमा रहेको ऊर्जा हामीभित्र पनि निहित छ। जसरी अन्तरिक्षमा सूर्य, आकाशमा बग्ने हावा, पृथ्वीमा रहेको माटो, अग्नि लगायतका विश्वव्यापी तत्त्वहरू कहिल्यै पराजित भएको देखिँदैन, त्यसैगरी हामीभित्र रहेको ऊर्जालाई जागृत गर्न सकियो भने हामी पनि सधैं विजयी हुन सक्छौं। भनिन्छ, ब्रह्माण्डमा रहेको परम ऊर्जाको एक अंश हामीसँगै छ। तर, जब हामी आफूभित्रको अनुपम ऊर्जालाई चिन्दैनौं, तब कस्तूरीले आफ्नै नाभिमा रहेको सुगन्ध नचिनेर भौंतारिएझैं हामी पनि भौंतारिन्छौं। ऊर्जा नचिन्नु भनेको अन्धकार हो। बाहिर उज्यालो भए पनि, उज्यालो छेकिएको कोठामा बत्ती बालेर झलमल बनाउन सकिन्छ, तर बाहिरी उज्यालोले मनको अन्धकार मेटाउन सक्दैन।

जब हामी दुई हात जोडेर, आँखा बन्द गरेर, मुस्कानसहित शिर झुकाउँछौं, तब मात्र हामीभित्रको अहंकार हराउँछ। ‘नमः’ भनेको यही अहंकाररहित अवस्थाको ‘म’ हो। मनमा जुन कुरालाई सजाएर राखिन्छ, त्यसले नै हाम्रो भविष्य निर्धारण गर्छ। मनोविज्ञानविद्हरूले यसलाई ‘आकर्षणको नियम’ पनि भन्ने गर्छन्, यो विषय अलि गहिरो छ। उदाहरणका लागि, यदि हामी कसैप्रति शत्रुभाव वा वैमनस्य राख्छौं, टक्कर दिने सोच मात्र बनाउँछौं भने, केही समयपछि हामी पनि त्यही व्यक्तिजस्तै बनिदिन्छौं, वा त्योभन्दा पनि उग्र रूप लिन सक्छौं। यसको विपरीत, यदि हामीले परम पवित्र व्यक्तिलाई हृदयमा सजाउन सक्यौं भने, ती पवित्र वा दैवी पात्रका राम्रा गुणहरू हामीमा सर्छन्, र हामी ऊर्जावान् भएको अनुभव गर्छौं। ज्ञानी व्यक्तिलाई गुरु मानेर उनबाट सिक्नुको यही तात्पर्य हो।

आफ्नो जिम्मेवारी वा कामलाई पूजा ठानेर, अरूको समस्याप्रति सहानुभूति राख्दै, सकेसम्म छिटो समाधान गर्ने नेतृत्वलाई आधुनिक व्यवस्थापनको भाषामा ‘सर्भेन्ट लिडरशिप’ भनिन्छ। यो अनुसरण गर्नु भनेको अरूको दास हुनु होइन, बरु आफैंको दास हुनु हो। यसले हीनताबोध होइन, आनन्दको अनुभव गराउँछ। हरेक कामलाई साधनाको रूपमा गर्दा कार्यसम्पादन प्रभावकारी हुन्छ। आफ्नो काम वा जिम्मेवारीप्रति लगाव बढाउन पनि हरेक दिन बिहान एकदेखि डेढ घण्टा योगसाधनामा बिताउनु उत्तम हुन्छ। दिनभरको कामको गुणस्तर वृद्धि गर्न पनि यो साधना उपयोगी हुन्छ। यदि सेवाप्रदायक व्यक्ति सन्तुलित जीवनको मार्गमा छ र साधना गर्छ भने, उसको सेवा प्रभावकारी बन्छ, जसले सुशासन स्थापनामा सहयोग पुग्छ।

भनिन्छ, स्वास्थ्य नै धन हो। निश्चय नै, यदि हामी जथाभावी खान्छौं, जथाभावी संगत गर्छौं र उद्देश्यहीन जीवन बिताउँछौं भने, रोगी हुने सम्भावना हुन्छ। रोग लागेपछि कति धन खर्च हुन्छ, भन्न सकिँदैन। तसर्थ, योगसाधनाको माध्यमले भएका रोगहरू चमत्कारिक रूपमा हराउँछन्, र नयाँ संक्रमण, आलस्य आदि रहँदैन। यो कुनै काल्पनिक कुरा होइन, बरु विज्ञानको कुरा हो। जीवन नै विज्ञान हो। वास्तवमा, अज्ञानी हुनु, दुखी हुनु पनि रोगी हुनु हो। भनिन्छ, यो धरतीमा मानिस या त ज्ञानी हुन्छ, या त अज्ञानी। अर्को शब्दमा, या त राम हुन्छ, या त हराम।

प्रारम्भमा भनिएजस्तै, हाम्रो शरीरमा रहेको असीम ऊर्जालाई सात चक्रका रूपमा व्याख्या गरिन्छ। ती सात चक्रहरू हाम्रो मेरुदण्डका सात बिन्दुमा अवस्थित हुन्छन्। मेरुदण्डको सबभन्दा तल, मलद्वार र प्रजनन अंगको बीचमा मूलाधार चक्र हुन्छ। नाभीभन्दा तल र प्रजनन अंगभन्दा केही माथि स्वाधिष्ठान चक्र हुन्छ। नाभीको केन्द्रदेखि माथि, छाती र पेटको संगममा मणिपुर चक्र हुन्छ। छातीमा अनाहत चक्र र घाँटीमा विशुद्धि चक्र हुन्छ। दुई आँखीभौंको बीचमा, अर्थात् टीका लगाउने स्थानमा आज्ञा चक्र हुन्छ। त्यसैगरी, हाम्रो शिरको सबभन्दा माथिल्लो बिन्दु, टुप्पीको केही पछाडि सहस्रार चक्र हुन्छ। यी चक्रहरूका आ-आफ्नै विशेषता र भूमिका हुन्छन्। उदाहरणका लागि, मूलाधार चक्रले बिरुवाको जरा जस्तै काम गर्छ र वासना तथा खानासँग प्रत्यक्ष सम्बन्धित हुन्छ। यो चक्र सक्रिय भएमा व्यक्ति बलशाली र आँटिलो हुन्छ।

स्वाधिष्ठान चक्र भय, घृणा, क्रोध, हिंसाजस्ता मनोभाव पैदा हुने बिन्दु हो। यो चक्र सक्रिय भएमा नकारात्मक मनोभावमाथि नियन्त्रण सम्भव हुन्छ। मणिपुर चक्र विचार र शंकासँग सम्बन्धित छ। विचारमाथि नियन्त्रण प्राप्त गर्न यो चक्र सक्रिय हुनु आवश्यक मानिन्छ। अनाहत चक्र मुटुको धड्कन नजिक छातीमा हुन्छ। यसको सक्रियताले प्रेमभावमा वृद्धि हुन्छ। अहिलेको समयमा सम्बन्धविच्छेद, आत्महत्या, र लागूपदार्थ दुरुपयोगजस्ता समस्याहरूको समाधानका लागि अनाहत चक्रलाई सक्रिय बनाउन जरुरी छ। विशुद्धि चक्र सिर्जनशीलता र बौद्धिकताको प्रतीक मानिन्छ।

यो चक्र सक्रिय भएका व्यक्तिको बोली सुन्दा मात्रै पनि सबै खुशी हुन्छन्। यस्ता व्यक्तिको नेतृत्व पनि सफल हुन्छ। आज्ञा चक्रमा मन केन्द्रित गरेर आँखा बन्द गर्नासाथ शान्तिको अनुभव हुन्छ। यो चक्रको सक्रियताले व्यक्ति जिम्मेवार बन्छ, अर्थात् जे बोल्छ, त्यही गर्छ, र जे गर्छ, त्यही मात्र बोल्छ। सहकर्मीहरूबीच विश्वासको वातावरण बनाउन पनि यो चक्र सक्रिय हुनु उत्तम मानिन्छ। सहस्रार चक्रको सक्रियता भनेको ज्ञान र आनन्दको प्राप्ति हो।

हाम्रो शरीरमा हरेक चक्रका विशेष योग अभ्यासहरू छन्। यिनै अभ्यासहरू सिक्ने र सिकाउने सत्रहरू चक्र ध्यान साधनामा समेटिन्छन्। हाम्रा सात चक्रहरूलाई प्रतीकात्मक रूपमा सात रङद्वारा पनि चिनिन्छ। मूलाधार चक्र रातो, स्वाधिष्ठान चक्र सुन्तला, मणिपुर चक्र पहेँलो, अनाहत चक्र हरियो, विशुद्धि चक्र निलो, आज्ञा चक्र हल्का निलो, र सहस्रार चक्र बैजनी रङले व्यक्त गरिन्छ। यी शक्ति केन्द्रहरूलाई सक्रिय राख्नु हाम्रो दैनिक साधनाको हिस्सा बन्नुपर्छ। हामीभित्र निहित ऊर्जालाई जागृत गर्ने र तल्लो तहका चक्रहरूबाट ऊर्जालाई माथिल्लो तहका चक्रहरूमा प्रवाहित गर्ने कार्यमा चक्र साधना सहयोगी हुन्छ। चक्र साधना भनेको हामीभित्र रहेको ब्रह्माण्डीय ऊर्जालाई चिन्ने र त्यसको सदुपयोग गर्ने विधि हो।

सातवटै चक्रहरूलाई राम्रोसँग चिनेर सक्रिय बनाउने कला सिक्ने कार्य चक्र विज्ञान ध्यानमा हुन्छ। यस्तो ध्यान जीवन विज्ञान नेपालका संस्थापक गुरुद्वय भानु शर्मा र रमेश नेपाल तथा अन्य धेरै जीवन विज्ञान प्रशिक्षकहरूसँग गर्न पाउनु सुनौलो अवसर हो। आधुनिक विज्ञान, न्यूरोबायोलोजी, मनोविज्ञान, र आध्यात्मिकताको सम्मिश्रणमा आधारित चक्र विज्ञान साधना २०८२ वैशाख २ देखि ८ गतेसम्म भरतपुरस्थित चितवन उद्योग सङ्घको सभाहलमा आयोजना हुँदैछ। तसर्थ, यथासम्भव सहभागी हुन सबैमा सप्रेम अनुरोध गर्दछु। नयाँ वर्ष २०८२ को शुभकामनासहित आफूलाई थप ऊर्जावान् बनाएर जीवनलाई सफल बनाउने यो अवसरको सदुपयोग गरौं। आत्मजागरणबाट समाजमा जागरण ल्याउन सम्भव छ। भवतु सर्वं मङ्गलम्।

प्रतिक्रिया दिनुहोस