२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैशाख १५ भित्र सदस्यता नवीकरणको काम टुंग्याउन ७७ जिल्ला कार्यसमितिलाई काँग्रेसको पत्र

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्नको लागि १५ दिन म्याद थप गरेको छ।

यसअघि चैत मसान्तभित्रै गरिसक्न निर्देशन दिए पनि विभिन्न जिल्लामा विवादको कारणले नटुंगिएकाले वैशाख १५ गतेसम्मको सीमा तोकेको हो।

महामन्त्री गगन थापाले ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै समय थपेको जानकारी गराएका छन्। थपिएको समयमा अनिवार्य रूपमा नवीकरणको काम सक्न निर्देशन दिएका छन्।

काँग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्न दुई सय रुपैयाँका लिने व्यवस्था गरेको छ। काँग्रेसमा महाधिवेशन ताका सधैँ क्रियाशील सदस्यको लफडा गर्ने गरेको छ। तर, यसपटक महामन्त्री थापाले तोकेको समयमा नवीकरण नगरे पछि नहुने चेतावनी दिँदै आइरहेका छन्। उनले महामन्त्रीको मुख्य जिम्मेवारी संगठनलाई सुदृढ बनाउने भएकाले आफू अहिले त्यतातर्फ केन्द्रित भएको बताए।

उनले भने, ‘देशभरि हिँडिरहेको छु। संगठनलाई केही बल पुग्छ कि भनेर हो। केही समयअघि केन्द्रीय समितिको बैठकमा महामन्त्रीले क्रियाशील सदस्यताको जिम्मा लिएको छ काम केही भएन भनेर तारो बनाउनुभयो। मैले पहिला त सुने तर पछि मलाई असैह्य भयो। मैले उहाँहरूलाई उत्तर दिने बेलामा भने नेपालमा १६५ निर्वाचन क्षेत्र छ। त्यसमध्ये क्रियाशील सदस्यता नवीकरण गर्ने काम एउटा क्षेत्रले टुंग्याएको छ। त्यो काठमाडौं ४ हो भनेर जवाफ दिएँ।’

उनले पार्टीका नेतालाई आफूलाई दोष लगाउनु भन्दा आफ्नो निर्वाचन क्षेत्रको काम टुंग्याउन आग्रह गरे। उनले थपे, ‘मलाई दोष लगाउनुभन्दा तपाईँहरूले आफ्नो क्षेत्रमा गएर नवीकरणको काम टुंग्याउनुस् महाधिवेशन हुन्छ। हिजो मात्रै ताकेता गरेको छु वैशाख १५ भित्र सक्नु भयो।’

उनले क्रियाशील सदस्यको काम समयमै टुंग्याए पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस