काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा प्रा. डा. विजयप्रसाद मिश्र निर्वाचित हुने निश्चित भएको छ । गन्न बाँकी मतभन्दा मतान्तर धेरै भएपछि मिश्र अध्यक्ष निर्वाचित हुने पक्का भएको हो ।
अध्यक्ष पदमा काँग्रेस-एमाले गठबन्धनबाट मिश्र र माओवादी–रास्वपा लगायत दलको गठबन्धनबाट रमन श्रेष्ठ प्रतिस्पर्धामा थिए ।
निर्वाचन समिति स्रोतका अनुसार अब गन्न बाँकी पुनरावेदन अदालत पाटनको करिब १ हजार ५५८ र ललितपुर जिल्लाको ५६० गरी २ हजार ११८ मत छ । तर मिश्र श्रेष्ठभन्दा २ हजार २८७ मत अन्तरले अगाडि छन् ।
त्यसैले मिश्रको जित सुनिश्चित भएको निर्वाचन समिति स्रोतले बताएको छ ।