१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजेन्द्र लिङ्देनले भने-‘प्रदर्शनकारीसँग एउटा लाठीसमेत थिएन, अन्दाधुन्दा गोली चलाएर राज्यले हिंसा भड्कायो’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते तीनकुनेमा हिंसा भड्काउन सरकारको हात रहेको दाबी गरेका छन् ।

सरकारलाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै तीनकुनेको प्रदर्शनमा सरकारले नै हिंसा भड्काएको दाबी गरे ।

उनले भने, ‘हिंसा भड्काउन सरकार नै संलग्न भएको पाइन्छ, मञ्चमा राष्ट्रिय गान बजिरहेको छ, कार्यक्रम सुरु हुन लागिरहेको छ । त्यहाँ अन्दाधुन्दा अश्रुग्याँस प्रहार गरिन्छ । बाटोमा हिँडिरहेका मान्छेहरूलाई गोली हालिएको छ । कार्यक्रम स्थलबाट धेरै टाढा रहेका कुनै सम्बन्ध नरहेका, मानिसहरूलाई घरमा पस्दै गर्दा पनि गोली हानिएको छ, सरकारले यतिधेरै हिंसात्मक भयो भनिरहँदा प्रदर्शनकारीहरूसँग एउटा लाठी पनि फेला नपारेको स्थितिमा सरकारले यतिधेरै गोली किन चलायो । झण्डै २५० राउण्ड गोली चलाइएको छ ।’

उनले राज्य पक्ष सुनियोजित रूपमै हिंसा भड्काउन लागिपरेको देखिएको भन्दै निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस