काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा एकल अंकको वृद्धि देखिएको छ ।
अघिल्लो दिनको तुलनामा आज बजारको परिसूचक नेप्से ३.३५ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २७०३ अंकमा कायम भएको छ ।
बजारमा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८४ करोडको भयो ।
कुल ९३ कम्पनीको मूल्य बढ्दा १५१ को घटेको छ ।