१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पश्चिम नवलपरासीमा व्यावसायिक च्याउखेती

अ+ अ-

नवलपरासी । पश्चिम नवलपरासीमा च्याउखेतीमा किसानको आकर्षण बढ्न थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रूपमा खेती सुरु गरेका किसानले अहिले व्यावसायिक उत्पादन गर्न थालेका हुन् ।

वैदेशिक रोजगारमा जानु भन्दा स्वदेशमा केही गर्नुपर्छ भन्ने उद्देश्य बोकेर ‘जय माँ दुर्गे बहुउद्देश्यीय कृषि फार्म’ दर्ता गरेर पाल्हीनन्दन गाउँपालिका–३ का ४५ वर्षीय तारेन्द्र बर्माले व्यावसायिक रूपमा च्याउखेती गर्न थालेका हुन् । 

कुश्मा सेवा केन्द्रमा च्याउखेतीसम्बन्धी तालिम लिएर १० वर्षदेखि आर्गनिक खेती गर्दै आएको बर्माले बताए । करिब रु दुई लाख लागतमा एककठ्ठा जग्गामा दुई हजार ५०० सय प्लाष्टिकका थैलामा च्याउ उमारिएको बताउँदै सुरुका वर्ष खेतीसम्बन्धी आफूलाई ज्ञान नभएकाले केही नोक्सानी भएको उनले अनुभव सुनाए। 

“जाडोमा उत्पादन बढेसँगै बजार मूल्य घट्छ, गर्मीको समयमा तापक्रम बढेसँगै च्याउ उत्पादन घट्छ । यसवर्ष उत्पादन र बजारीकरणमा कुनै समस्या आएन भने रु पाँच लाख बराबरको च्याउ बिक्री गर्ने लक्ष्य छ”, उनले भने । 

आज कृषि विकास निर्देशनालय बुटवलका बागवानी निर्देशक सन्देश धिताल, कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख रवीन्द्रनाथ चौबेलगायत कर्मचारीले बर्माले उत्पादन गरेको च्याउ फार्मको अवलोकन गरे । 

जिल्लामा २५ जना किसानले व्यावसायिक रूपमा च्याउखेती गरिरहेका कृषि ज्ञान केन्द्रका प्रमुख चौबेले जानकारी दिए । केन्द्रले किसानको सहजताका लागि समन्वय र सहकार्य गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस