१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाकी फरार सांसद बस्नेतको बिदा संसद्‌बाट स्वीकृत

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको फरार सूचीमा रहेकी प्रतिनिधि सभा सदस्य गीता बस्नेत संघीय संसद्को हिउँदे अधिवेशन अवधिभर कुनै पनि बैठकमा उपस्थित भइनन् ।

तर, उनै बस्नेतको अनुपस्थिति (बिदा)लाई मंगलबार प्रतिनिधि सभाले स्वीकृत गरेको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रस्तुत गरे अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद बस्नेत निरन्तर २७ वटा बैठकमा अनुपस्थित रहिन् । उनी उपचारमा रहेका कारणले उपस्थित हुन नसकेको भनेर संसद् सचिवालयलाई सूचना दिएकी थिइन् ।

यही विवरण सभामुखले सभामा प्रस्तुत गरेका छन् ।

जबकि हिउँदे अधिवेशनमा प्रतिनिधि सभाका जम्मा २७ वटा बैठक बसेको थियो । अधिवेशनको पुरै अवधि कुनै पनि बैठकमा उपस्थित नरहेकी फरार सांसद बस्नेतको बिदा सभाले स्वीकृत गरेको हो ।

बस्नेत सहकारी ठगीको अनुसन्धानमा छिन् । सहकारी ठगीको आरोप लागेपछि उनी फरार छिन् ।

संसद् सचिवालयका अनुसार बस्नेत २०८१ माघ १८ गतेदेखि मंगलबारसम्म बसेका २७ वटै बैठकमा अनुपस्थित रहेकी हुन् । यसबीचमा उनले सांसदको रूपमा प्राप्त गर्ने तलब भत्ता र सेवा सुविधा लिइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस