२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागू औषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ

अ+ अ-

काठमाडौँ । अवैध लागू औषध सहित विभिन्न स्थानबाट १९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरू कास्की, झापा, कैलाली, सुनसरी, मोरङ, स्याङ्जा, कपिलवस्तु, दाङबाट पक्राउ परेका हुन् ।

काठमाडौँ महानगरपालिका महाकाल मन्दिरबाट नियन्त्रित लागू औषध ट्रामाडोल १ सय १५ ट्याब्लेट सहित सोही महानगरपालिकामा बस्ने २४ वर्षीय अनिश थापालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषधसहित आइतबार साँझ पक्राउ गरेको हो ।

यस्तै,कास्की जिल्ला पोखरा महानगरपालिका कालिमाटीखोलाबाट नियन्त्रित लागू औषध ब्रुर्फिन २८ एम्पुल, डाईजेपाम २८ एम्पुल र फेनारगन २६ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका लामापटन बस्ने ३३ वर्षीय सुबास विक र २६ वर्षीय राजन गिरी रहेका छन् । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले स्याङ्जाबाट कास्कीतर्फ आउँदै गरेको ग.२६ प १३४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो ।

त्यसै गरी झापा, मेचीनगर नगरपालिका मेची डाँडाबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ७ सय ८० मिलिग्राम सहित दमक नगरपालिकामा बस्ने ३४ वर्षीय अंकित कार्की समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतको पानी ट्यांकीबाट सिटी सफारी नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसै गरी झापा, अर्जुनधारा नगरपालिका नयाँ बसपार्कबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम सहित ताप्लेजुङ मेरिङदेन गाउँपालिकामा बस्ने १९ वर्षीया वर्षा केदेमलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यता धनगढी उपमहानगरपालिका कनरीबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिकामा बस्ने २७ वर्षीय सुरेश राना र सोही उपमहानगरपालिका उर्मी बस्ने २६ वर्षीय बलबुध राना रहेका छन् । प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले सु.प.प्र ०१-०१० प ९००९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीकै लम्कीचुहा नगरपालिका लम्की बजारबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम, नियन्त्रित लागू औषध ट्रामाडोल १० ट्याब्लेट र नाइट्राभेट १ ट्याब्लेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिकामा बस्ने ३७ वर्षीय पूर्ण दीप शर्मा उपाध्याय र ३२ वर्षीय नारायण कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो ।

यस्तै कैलाली, टीकापुर नगरपालिका खक्रौलाबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ६० मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका हिमाली पुर बस्ने २३ वर्षीय पारस थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका भगत चोकबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही उपमहानगरपालिकामा बस्ने २५ वर्षीय चंचल कुमार राना समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका गणेश चोकमा बस्ने १८ वर्षीया किशोरीलाई नियन्त्रित लागू औषध ट्रामाडोल १ सय १७ ट्याब्लेट र स्पास्पेन १ सय १७ ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विजयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागू औषध फेला पारी पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका हुलास चोकबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम २ सय ५० मिलिग्राम सहित केराबारी गाउँपालिकामा बस्ने ३५ वर्षीय युवराज कटुवाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै, स्याङ्जा, वालिङ नगरपालिका फुलबारीचोकबाट नियन्त्रित लागू औषध ट्रामाडोल ५५ ट्याब्लेट सहित चितवन भरतपुर महानगरपालिकामा बस्ने २७ वर्षीय सुजन गुरुङलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको प्र.३-१-००५ ख ९९०४ नम्बरको हाईसमा सवार उनलाई उक्त लागू औषध सहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तु, मायादेवी गाउँपालिका बर्गदहवाबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका बैरिया बस्ने २५ वर्षीय प्रकाश थारू र २४ वर्षीय रिजन पुन रहेका छन् । प्रहरी चौकी बगदीबाट खटिएको प्रहरीले पडसरवाबाट बर्गदहवातर्फ जाँदै गरेको लु.९ प २७७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङ, तुलसीपुर उपमहानगरपालिका अटो भिलेजबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय खड्क बहादुर घर्ती मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

हाल सबैजनाहरुलाई पक्राउ गरी कारवाही तथा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस