काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्न लागिएको रास्वपाले जनाएको छ ।
विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न र पार्टीको आवश्यक कार्यका सम्बन्धमा छलफल गर्न सचिवालय बैठक बोलाएको हो ।
आकस्मिक अवस्थामा बैठक बस्नुपर्ने भएकाले बैठक भर्चुअल माध्यमबाट हुने बताइएको छ ।