काठमाडौँ । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
प्रतिपक्षी दलहरूले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा आज संसद अवरोध गरेका हुन् ।
सोमबार मन्त्रिपरिषद् बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो।