सङ्खुवासभा । चैनपुर नगरपालिका-९ खाम्लिङबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी चतुरमान तामाङ पक्राउ परेका छन् ।
भोजपुर घर भएका ५१ वर्षीय तामाङले ३६ वर्षीय पर्शुराम विकको हत्याको अभियोगमा कर्तव्य ज्यान मुद्दामा फरार रहेको इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
२०६१ चैत २२ गते हत्या गरेको घटनामा जिल्ला अदालत सङ्खुवासभाको २०६७ कात्तिक १७ गतेको फैसलाले २० वर्ष कैद सजाय ठहर भई तामाङ फरार रहेको प्रहरीले जनाएको छ ।
हाल पक्राउ गरी उनलाई जिल्ला अदालत सङ्खुवासभा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय खाँदबारी पठाइएको छ ।