१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जातीय विभेदकै कारण दलित घरेलु श्रमिक महिला थर लुकाउन बाध्य

अ+ अ-

काठमाडौँ। जातीय विभेदकै कारण थर ढाँटेर काम गर्न बाध्य भएको घरेलु श्रमिक महिलाले गुनासो गरेका छन् । 

काठमाडौँमा आयोजित ‘दलित घरेलु श्रमिक महिला सवाल’ विषयक छलफल कार्यक्रममा उनीहरूले यस्तो गुनासो गरेका हुन् ।

भेदभावकै कारण देशको राजधानीमा समेत आफूहरूले जात, थर ढाँटेरै काम गर्न बाध्य भएको महिलाहरूले बताए ।

घरेलु श्रमिक मञ्चले आयोजना गरेको यस कार्यक्रममा बोल्दै घरेलु श्रमिक नारायणी पुर्कोटीले आफ्नो जात, थर भनेर आत्मसम्मानपूर्वक काम गर्ने वातावरण नभएको सुनाइन् । जातीय भेदभावलाई कानुन नै बनाएर दुरुत्साहन गरे पनि गाउँघरमा मात्र नभई शहरमा समेत भेदभाव कायमै रहेको उनको भनाइ छ ।

उनले भनिन् ‘महिला/पुरुषले गर्ने समान कामका लागि समान ज्याला, सामाजिक सुरक्षाकोषसँग जोड्ने, सरकारले तोकेको न्यूनतम तलब पाउने कुरा त टाढाको कुरा हो’ पुर्कोटीले भनिन्, ‘जातका कारण अपमानित हुनुपर्ने पिरलो बोकेर श्रम गर्न बाध्य छौँ ।’

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले समाजमा अझै पनि अभ्यासमा रहेको जातीय भेदभावको व्यवहार निक्कै निन्दनीय कार्य भएको बताए । त्यसविरुद्ध उजुरी दिएर आफ्नो हकको लडाइँ लड्न उनले सुझाव दिए ।

अखिल नेपाल महिला संघकी महासचिव पेम्बा शेर्पाले नेपाली समाजमा व्याप्त यसका खालका परम्परा अन्त्य गर्न लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।

एक्टीभ डोमेस्टीक वर्कर कन्सलटेन्सीका संस्थापक प्रशान्त डंगोलले दलित घरेलु महिला श्रमिकले समाजमा दोहोरो मात्र नभई, तेहेरो समस्या झेल्न बाध्य भइरहेको बताए ।

नेपालमा श्रमको सम्मान गर्ने संस्कृति बसाल्ने अभियानमा काम गर्दा दलित भएकै आधारमा घरेलु श्रमिकले दुःख र विभेद खेप्नुपरेको यथार्थ घटनासँग आफू हरेक दिन जस्तै जुध्नु परेको उनले जानकारी दिएका छन् ।

डंगोलले स्थानीय तहले घरेलु श्रमिकको लागत राखी उनीहरूको सम्मान र समाजिक सुरक्षामा ध्यान दिनुपर्ने बताए । यसमा बुढानीलकण्ठ नगरपालिकाले राम्रो काम गरेको भन्दै उनले उदाहरण प्रस्तुत गरे ।

प्रतिक्रिया दिनुहोस